images
images

१० अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमाथि 


  • 298
    SHARES
  • २०८० माघ २८ गते आइतबार

    १० अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमाथि 

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेर २ हजार ८५ दशमलव ८२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ४ अर्ब ८ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको बिहीबार ३ अर्ब २१ करोडको शेयर कारोबार भएको थियो । 

    आइतबार ९१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४८ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको १२ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आज समाज लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कुथेली बुखरी स्लम हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ । त्रिशुली जलविद्युतको ६.७१ प्रशिशतले बढेको छ ।  

     

     


    images
    images

    Logo