काठमाडौ । चाडपर्वलाई लक्षित गरि सहुलियत पसल सञ्चालन गर्नका लागि उद्योग तथा वाणिज्य मन्त्रालयले ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उक्त रकम विनियोजन भएर पसल सञ्चालनको तयारी सुरु भइसकेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताएकी छिन् ।
खाद्यान्न र साल्ट ट्रेडिङ तथा व्यापार कम्पनीले उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल संचालन गरी खाद्यान्नका सामाग्रीहरु सस्तो मुल्यका बिक्री बितरण गर्ने छन् । उक्त कम्पनीले छुट दिएर बिक्री गर्ने भएकाले अनुदानका रुपमा त्यो रकम ती दुई सरकारी कम्पनीलाई दिने गरिन्छ।
मन्त्रालयका अनुसार व्यापार कम्पनीलाई १ करोड ७५ लाख रुपैयाँ र साल्ट ट्रेडिङलाई १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। व्यापार कम्पनीले दाल, तेल, चामल, गेडागुडी, आँटा लगायतका वस्तुमा १० रुपैयाँसम्म छुट दिने गरेको छ। कम्पनीले बजार मूल्य भन्दा १ सय रुपैयाँ सस्तो मूल्यमा खसी र च्याङग्रा समेत बिक्री गर्दै आएको छ।
साल्ट ट्रेडिङले नुन, चिनी, दाल, तेल, पिठो र चामल लगायतका अत्यावश्यक वस्तु ४ रुपैयाँ देखी २० रुपैयाँसम्म छुट दिने गरेको छ।



