images
images

साताको अन्तिम दिन बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब माथि


  • 349
    SHARES
  • २०८० माघ २५ गते बिहीबार

    साताको अन्तिम दिन बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब माथि

    काठामाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ५.७४ अंकले बढेको छ । बुधबार ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा पुगेर बन्द भएको नेप्से बिहीबार थप ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४७ कम्पनीमध्ये १५८ कम्पनीको शेयरमूल्य बढ्दा ८२ वटाको शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । बिहीबार २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा समाज लघुवित्त र बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन् । 

    आज बजारका १३ उपसूचकहरुमध्ये बैंकिङ उपसूचक, जीवन बिमा, म्युचुअल फन्ड र अन्य उपसूचक बाहेका अन्य ९ उपसूचकहरु बढेका छन् । 

    आज बजारमा ३ अर्ब २१ करोड रुपैयाँ बराबर रकममा ९१ लाख ७१ हजार कित्ता शेयर कारोबार भयो ।


    images
    images

    Logo