images
images

कोरला नाका आजदेखि १५ दिनका लागि बन्द


  • 257
    SHARES
  • २०८० माघ २५ गते बिहीबार

    कोरला नाका आजदेखि १५ दिनका लागि बन्द

    काठमाडौं । कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने सूचित गरेको हो ।  

    सो नाकाबाट सीमावर्ती उपल्लो मुस्ताङ्गका नागरिकले व्यापारिक सुविधा लिँदै आएका छन् । छिमेकी चीनतर्फ नयाँ वर्षसहितका चाडपर्व सुरु भएकाले अस्थायीरुपमा कोरला नाका बन्द गरिएको जनाइएको छ ।

    नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकाको गत कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    त्यसयता कोरला नाकाबाट उपल्लो मुस्ताङका लोमान्थाङ र लो-घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बततर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन र सामान किनबेच गर्न पाउँछन् ।


    images
    images

    Logo