images
images

झ्यामोलोङ्गमा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल


  • 328
    SHARES
  • २०८० माघ २४ गते बुधबार

    झ्यामोलोङ्गमा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

    काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।  ३२ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने भएको हो । 

    सको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अकिंत दरको ५१ लाख कित्ता साधारण सेयर (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न लागेको हो । 

    उक्त सेयर निष्काशनको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको उक्त हाइड्रोको जारी पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । झ्यामोलोङ्गमा हाइड्रोपावरले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।


    images
    images

    Logo