images
images

एमाले र जसपा औपचारिक रुपमा फुट्यो, प्रदेश र स्थानीय तहमा अब के हुन्छ ?


  • 348
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    एमाले र जसपा औपचारिक रुपमा फुट्यो, प्रदेश र स्थानीय तहमा अब के हुन्छ ?

    काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा फुटेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशले गरेको व्यवस्था अनुसार संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत सदस्य पुर्याएर ती दलहरु औपचारिक रुपमा फुटेका हुन् । 

    माधव नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएको हो भने महन्त ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी दल दर्ता भएको हो । 

    तात्कालिन एमालेका ५८ जना केन्द्रीय सदस्यले पार्टी फुटाउन् पक्षमा सनाखत गरेका थिए । त्यस्तै तात्कालिन जनता समाजवादी पार्टीमा १४ जना सांसदले पार्टी फुटाउने पक्षमा सनाखत गरेका छन् । 

    योसँगै अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले स्वतन्त्र रुपमा चाहेको दल रोज्न सक्नेछन् । यसका लागि कुनै बहुमत वा निश्चित प्रतिशत जनप्रतिनिधि चाहिँदैन । 


    images
    images

    Logo