images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ८४ करोडमाथि


  • 317
    SHARES
  • २०८० माघ २४ गते बुधबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ८४ करोडमाथि

    काठमाडौं । बुधबार नेप्से परिसुचक बढेर बन्द भएको छ । मंगलबारदेखि बढेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९२ अकंले बढेर २ हजार ९० दशमलव ६४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १३ स्क्रिपको २ अर्ब ८४ करोड रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५९ करोडको शेयर कारोबार भएको थियो । 

    बुधबार १ सय ६८ कम्पनीको शेयर मुल्य बढेको छ । ६८ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीकै कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावर रहेका छन् । त्यस्तै, एशियन हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन पिपुल्स पावर र इंगवा हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo