काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ । यससम्बन्धी सम्झौता बिहीबार जयोति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच भएको छ । त्यस्तै, १४ लाख १० हजार कित्ता साधारण शेयरको प्रत्याभूति लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ ।