images
images

युनाईटेड मोदी हाइड्रोलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति


  • 378
    SHARES
  • २०८० माघ २४ गते बुधबार

    युनाईटेड मोदी हाइड्रोलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति

    काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले माघ २२ गते कम्पनीलाई हकप्रद निष्काशन सम्बन्धि प्रस्ताव कम्पनीको साधारणसभामा पेश गर्न स्वीकृति दिएको हो । 

    कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

    कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

    अब कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।  

     


    images
    images

    Logo