images
images

३ करोड ३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै सिउरी न्यादी पावर


  • 3.8K
    SHARES
  • २०८० माघ २३ गते मंगलबार

    ३ करोड ३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै सिउरी न्यादी पावर

    काठमाडौं । सिउरी न्यादी पावर लिमीटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर जारी गर्ने भएको हो ।

    आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध संचालक दिनेश गुरुङ, प्रमुख कार्यकारी अधिकृत यज्ञ प्रसाद सुवेदी सहित प्रमुख वित्त अधिकृत कृष्ण लाल श्रेष्ठ तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा निशान लाल जोशीको समेत उपस्थिति रहेको थियो ।

    ४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भै सकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भईरहेको छ ।


    images
    images

    Logo