images
images

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 


  • 327
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    १४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५७ अंकले बढेर २ हजार ७६ दशमलव २७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय १९ स्क्रिपको २ अर्ब ४३ करोड रुपैयाँ बराबरको ७४ करोड ९१ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

    आज पनि सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    सोमबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा  नेपाल टेलिकम, पिपुल्स पावर र समाज लघुवित्त रहेका छन् । 

    त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo