images
images

फागुन १ गतेदेखि ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक


  • 312
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    फागुन १ गतेदेखि ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गर्न लागेको हो।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । 

    बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo