काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी फागुन २९ गते हुने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको हाे ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ । त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार २२ गते संघीय संसदको अधिवेशन बोलाएपछि माघ महिनामा ४ वटा बैठक बस्नेछ । माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ।
साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, २९ गते र ३० गते बैठक हुनेछ। फागुन ३० गते समितिका सभापतिहरु चयन गर्ने कार्यसूची रहेको छ । कार्यतालिका अनुसार संसद सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ।



