काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा युनाइटेड अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनी रहेका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ६१ रुपैयाँ ३० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय १८ रुपैयाँ ९० पैसामा भएको थियो ।
त्यस्तै, रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय १६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ७५ रुपैयाँमा भएको थियो ।