images
images

१०० करोडले बढ्यो भारतले नेपाललाई दिने अनुदान


  • 445
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    १०० करोडले बढ्यो भारतले नेपाललाई दिने अनुदान

    काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्‍मा अन्तरिम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख गरेकी हुन् । 

    यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३/२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अर्थात ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु अर्थात १० अर्ब ४३ करोड नेपाली रुपैयाँ पुर्‍याइएको हो ।

    कुन देशलाई कति आर्थिक सहयोग ?

    बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ । 

    नेपालका लागि ७ अर्ब भारु बजेट छुट्टाएको सरकारले भुटानका लागि ९८९.७० करोड भारु ऋणसहित १० अर्ब ७८ करोड ८६ लाख भारु अनुदान गरी कूल २० अर्ब ६८ करोड ५६ लाख भारु आर्थिक सहायता गर्ने जनाएको छ । 

    अघिल्लो वर्ष ऋण र अनुदान गरी भारत सरकारले भुटानका लागि २३ अर्ब ९८ करोड ९७ लाख भारु प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतले भुटानका लागि आर्थिक सहायता घटाएको हो ।  यस्तै, श्रीलंकाका लागि यो वर्ष भारत सरकारले ७५ करोड भारु मात्र छुट्टाएको छ । अघिल्लो वर्ष उक्त मुलुकका लागि भारतले ६० करोड विनियोजन गरेको थियो । 

    यस्तै, माल्दिभ्सका लागि ६ अर्ब, मङ्गोलियाका लागि ५ करोड, बङ्गलादेशका लागि १ अर्ब २० करोड भारु छुट्टाएको भारत सरकारले अफगानिस्तानका लागि २ अर्ब भारु छुट्ट्याएको छ । 


    images
    images

    Logo