images
images

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम ४ अर्ब १८ करोड 


  • 390
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम ४ अर्ब १८ करोड 

    काठमाडौं ।  नेप्सेले साताको अन्तिम दिन विहीबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.९२ अंकले घटेर २ हजार ६७ दशमलव १ विन्दुमा पुगेको छ । आज कारोबार आएका ३ सय ९ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार १९ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय २६ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको ५४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । डादी ग्रुप पावरको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, समाज लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशतले बढेको छ भने रावा इनर्जीको शेयर मुल्य ३.८३ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo