काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल वायु सेवा निगमको रिक्त उपाध्यक्ष पदमा विक्रम राईलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। साथै नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. साहारा श्रेष्ठलाई मनोनीत गर्ने निर्णय पनि भएको छ।
मन्त्रिपरिषदले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।