images
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?


  • 460
    SHARES
  • २०८० माघ १७ गते बुधबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा लिटरको ४ रुपैयाँ र डिजेल तथा मटिट्तेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

    निगमले पेट्रोल साविक खुद्रा मूल्यमा प्रतिलिटर ४ रुपैयाँले बढाई पेट्रोलमा १ सय ७० रुपैयाँ कायम गरेको छ भने डिजेल र मट्टितेलमा  प्रतिलिटर २ रुपैयाँले बढाइ १ सय ८५ रुपैयाँ कायम गरिएको छ । भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ।

    त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।

    त्यस्तै, एलपी ग्यासको मुल्य १५ रुपैयाँले बढेको छ । खाना पकाउने ग्यास  १ हजार ९ सय १० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

    प्रेस-2080.10.17-2024.01.31-1_page-0001.jpg

     

     


    images
    images

    Logo