images
images

ऋणपत्र निष्काशनको लागि सिटिजन्स बैंकले बोर्डसँग माग्यो अनुमति 


  • 295
    SHARES
  • २०८० माघ १७ गते बुधबार

    ऋणपत्र निष्काशनको लागि सिटिजन्स बैंकले बोर्डसँग माग्यो अनुमति 

    काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ ।

    जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सिटिजन्स बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

    सिटिजन्सले यसअघि गत असोज महिनामा पनि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । उक्त ऋणपत्रको ब्याजदर भने १० प्रतिशत थियो ।


    images
    images

    Logo