images
images

३ दिनको वृद्धिपछि २१ अंक घट्यो नेप्से, कारोबार रकम ५ अर्ब २९ करोड 


  • 387
    SHARES
  • २०८० माघ १७ गते बुधबार

    ३ दिनको वृद्धिपछि २१ अंक घट्यो नेप्से, कारोबार रकम ५ अर्ब २९ करोड 

    काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, बुधबार भने घटेको हो।

    नेपाल स्टक एक्चेञ्ज (नेप्से) २१.६७ अंकले बढेर २ हजार ९७ दशमलव ९३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १३ कम्पनीको ५ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।बुधबार २९ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज पनि हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको २६ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार सामलिङ पावर कम्पनीको शेयर मुल्य ९.८७ प्रतिशतले बढेको छ भने मन्दकिनी हाइड्रोपावरको ९.६७ प्रतिशतले बढेको छ । त्यस्तै, पिपुल्स पावर कम्म्पनीको ७.६७ प्रतिशतले शेयर मूल्य बढेको छ । 

     


    images
    images

    Logo