images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ५ अर्ब ५४ करोड 


  • 342
    SHARES
  • २०८० माघ १६ गते मंगलबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ५ अर्ब ५४ करोड 

    काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ ।  साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अंकले बढेर २ हजार १ सय १९ दशमलव ६१ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कारोबारमा आएका ३ सय ८ स्क्रिपको ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको १ करोड ५१ करोड कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

    मंगलबार १ सय ५२ कम्पनीको शेयर मुल्य बढेको छ । ८५ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी रहेका छन् । त्यस्तै, सिनर्जी पावर कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ८.२३ प्रतिशतले बढेको छ ।  

     

     


    images
    images

    Logo