images
images

लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट


  • 397
    SHARES
  • २०८० माघ १५ गते सोमबार

    लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

    काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रीप्रब्नाधक चयन गरेको हो ।

    बिक्रि प्रबन्धकको नियुक्ति सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन्।   

    लक्ष्मी टेक्नो प्लाष्टले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यका साथ १०० रुपैयाँअंकित दरका १४ लाख कित्ताले हुन आउने रकम १४ करोड बराबरको साधारण शेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी साधारण शेयर जारी गर्न लागेको हो ।  

    लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड २०७२ साल असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि÷पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो । 

    यसले सि.पि.भि.सि/पि.भि.सि पाइप र फिटिङ्गसका लागि मुख्यतया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको विक्रि वितरण गर्दै आएको छ । 

    यो कम्पनी जेबी मारू ग्रुप अन्तर्गतको कम्पनी हो । जेबी मारू ग्रुप शिवम सिमेन्टको पनि संस्थापक शेयरधनी हो । लक्ष्मी टेक्नो प्लाष्टले शिवम नाम कै प्लास्टिकका सामग्री उत्पादन गर्दै आएको छ  । 


    images
    images

    Logo