images
images

रिलायन्स स्पिनिङको शेयर सर्वसाधारणले ८२० रुपैयाँमा पाउने 


  • 506
    SHARES
  • २०८० माघ १५ गते सोमबार

    रिलायन्स स्पिनिङको शेयर सर्वसाधारणले ८२० रुपैयाँमा पाउने 

    काठमाडौं । रिलायन्स स्पिनिङको शेयर सर्वसाधारणले ८२०.८० रुपैयाँमा पाउने भएका छन् । रिलायन्स स्पिनिङले पहिलो चरणमा योग्य संस्थागत शेयरधनीलाई बुक विल्डिङ विधिमार्फत शेयर निष्काशन गरि ९१२ रुपैयाँ कटअफ मूल्य निधारण भएसँगै सर्वसाधारणका लागि यो मुल्य तय भएको हो ।

    माघ १० देखि १४ गतेसम्म संस्थागत लगानीकर्ताले मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिएका थिए । साेही संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन आज खोलिएको छ । बोलपत्र आवेदनअनुसार संस्थागत लगानीकर्ताहरुले अधिकतम मूल्य ९१२ रुपैयाँमा ठूलो कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।

    कटअफ मूल्यको १० प्रतिशत छुटमा सर्वसाधारणलाई शेयर विक्री गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसा पर्नेछ ।  

    बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओ भर्दा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्छ। यो हिसाबले रिलायन्स स्पिनिङको आईपीओमा सर्वसाधारणले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

    बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको छ।  बाँकी ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर पछि  सेयर प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका र सर्वसाधारणका लागि जारी हुनेछ ।

    कम्पनीले दोस्रो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ खोल्नेछ । त्यसपछि तेस्रो चरणमा मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको यो नेपालमै दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ यहीं विधिबाट निष्कासन भइरहेको छ ।

     

     

     

     


    images
    images

    Logo