काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको लक इन पिरियड फागुन २ गते समाप्त हुने भएको छ। हाइड्रोपावरले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो।
कम्पनीको संस्थापक सेयरधनी समूहको ३८ लाख ५१ हजार कित्ता शेयर ‘लक इन’ रहेको छ ।
यस कम्पनीमा संस्थापक समूहको तर्फबाट विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट–आईको ३८ लाख ५१ हजार कित्ता शेयर स्वामित्व छ । डोल्मा इम्प्याक्ट–आईको प्रतिनिधिले दिएको राजीनामा २०७९ साल फागुन ३ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त सेयरधनी संस्थाको नाममा रहेको खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको थियो । एक वर्षको लक इन अवधि फागुन २ गते समाप्त हुने कम्पनीले जनाएको छ ।



