images
images

मथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले लगानी गर्ने


  • 385
    SHARES
  • २०८० माघ १५ गते सोमबार

    मथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले लगानी गर्ने

    काठमाडौं ।  लक्ष्मी सनराइज बैंकले माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । बैंकले अपर सेती हाइड्रोसँग कास्कीको सेती नदीमा निमार्ण हुने २० मेगावाट क्षमताको सो आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो ।

    आयोजना निर्माणमा ४ अर्ब २ करोड रुपैयाँ खर्च हुने अनुमान छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकले ७५ प्रतिशत लगानी गर्ने भएको हो। बाँकी २५ प्रतिशत रकम भने अपर सेती हाइड्रोका प्रवर्धक र संस्थापकले लगानी गर्नेछन्। 

    आयोजना निर्माणका लागि विद्युत विकास विभागबाट २०७८ माघ १७ मा विद्युत उत्पादन अनुमतिपत्र लिएको अपर सेती हाइड्रोले नेपाल विद्युत प्राधिकरणसँग २०८० असोज १० गते विद्युत खरिद बिक्री सम्झौता गरेको थियो। कम्पनीको प्रवर्धक व्यापारिक घराना केसी ग्रुप हो।

     

     


    images
    images

    Logo