काठमाडौं । हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि रिडी पावर कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि माघ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।
त्यसकारण माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।