काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो इस्योरेन्सको शेयर मूल्य ४ सय ९७ रुपैयाँ ८४ पैसा कायम भएको छ भने यस इस्योरेन्सको अन्तिम कारोबार ५ सय ७७ रुपैयाँ ५० पैसामा भएको थियो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद बापतको नेप्सेले आइतबार शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो हाइड्रोपावरको शेयर मूल्य १ सय ९० रुपैयाँ १० पैसामा कायम भएको छ भने यस हाइड्रोपावरको २ सय ८० रुपैयाँ २० पैसामा भएको थियो ।