images
images

एनएमबिको अर्को म्युचुअल फण्ड आउँदै, २५ करोडको आईपीओ १७ गतेदेखि


  • 773
    SHARES
  • २०७८ भाद्र ८ गते मंगलबार

    एनएमबिको अर्को म्युचुअल फण्ड आउँदै, २५ करोडको आईपीओ १७ गतेदेखि

    काठमाडौं । एनएमबि बैंकको प्रवद्र्धन र एनएमबि क्यापिटलको व्यवस्थापनमा अर्को म्युचुअल फण्ड आउँदैछ । एनएमबि सरल बचत फण्ड–ई नाम दिइएको उक्त म्युचुअल फण्डका लागि २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाईका १७ गतेदेखि बजारमा खुला हुन लागेको हो । 

    खुलामुखी प्रकृतिको यो फण्डले १ अर्बको कोष सञ्चालन गर्ने योजना बनाएकोमा हाल ४० करोड रुपैयाँ उठाउन लागेको छ । यसमध्ये कोष प्रवद्र्धक बैंक र व्यवस्थापक क्यापिटलका लागि १५ करोड रुपैयाँ छुट्याएर २५ करोडको सार्वजनिक निष्कासन गर्न लागिएको हो । 

    यही १७ गतेदेखि खुला हुने उक्त आईपीओ छिटोमा भदौ २१ र ढिलोमा भदौ ३१ गते बन्द हुनेछ । यसका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । 


    images
    images

    Logo