images
images

माउन्टेन ग्लोरीले ४० लाख कित्ता आईपीओ जारी गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक


  • 377
    SHARES
  • २०८० माघ १२ गते शुक्रबार

    माउन्टेन ग्लोरीले ४० लाख कित्ता आईपीओ जारी गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

    काठमाडौं । माउन्टेन ग्लोरीले ४० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकिल मुल्य १०० रुपैयाँका दरले ४० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । 

    उक्त सेयर निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एलएस (लक्ष्मी सनराइज) क्यापिटल नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    माउन्टेन ग्लोरीको हाल १ अर्ब ५० करोड रुपैयाँ बराबरको जारी पुँजी छ । कम्पनी पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गरी सुविधा उपलब्ध गराउँदै आएको छ ।

    निकट भविष्यमा सेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटलसंग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजनासमेत कम्पनीको रहेको छ ।

     


    images
    images

    Logo