काठमाडौं । आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । अनुमति माग गर्नेमा मारुती सिमेन्ट र बरुण इन्भेस्टमेन्ट रहेका छन् ।
मारुती सिमेन्टले १०० रुपैयाँ अंकित दरमा १७७ रुपैयाँ प्रिमियम थपेर २७७ रुपैयाँमा आईपीओ ल्याउनेछ। कम्पनीले ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबर १ करोड १६ लाख कित्ता शेयर जारी गर्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। मारुती सिमेन्ट नेपालमा पहिलो पटक ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी हो ।
यसैगरी बरुण इन्भेस्टमेन्टले १०० रुपैयाँ अंकित दरका कुल २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।