फागुन १३ गते समाप्त हुँदै महिला लघुवित्तको लक इन पिरियड
काठमाडौं । महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते समाप्त हुने भएको छ। लघुवित्तले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो।
महिला लघुवित्तको ६ लाख कित्ता संस्थापक शेयर र कर्मचारीको ५ हजार कित्ता शेयर ‘लक इन’ रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्थाअनुसार संस्थापक शेयरधनीको पुस ३० गते नै लकइन समाप्त भइसकेको कम्पनीले जनाएको छ।
संस्थाको संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने शेयर खरिदबिक्री गर्न नपाउने संस्थाले जनाएको छ।
महिला लघुवित्तले २०७७ साल फागुन १४ गते साधारण शेयरको बाँडफाँड गरेको थियो। फागुन १३ गतेपछि यी शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्। लघुवित्तको शेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट लिमिटेड रहेको छ।



