images
images

लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादी केन्द्रका सुवेदी विजयी


  • 538
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादी केन्द्रका सुवेदी विजयी

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

    महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५ हजार ४ सय ३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २ हजार ८ सय ६७ मतभार प्राप्त गरेकी छिन् । महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंहले २ सय ५० मतभार प्राप्त गरिन्।

    अन्य कोटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन्। सुवेदी ५ हजार ४ सय ३५ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गरेका छन्।

    जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गरे। बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेश सभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो।


    images
    images

    Logo