images
images

नेप्सेले दियो घट्ने क्रमलाई निन्तरता, कारोबार रकम ३ अर्ब ७६ करोड 


  • 377
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    नेप्सेले दियो घट्ने क्रमलाई निन्तरता, कारोबार रकम ३ अर्ब ७६ करोड 

    काठमाडौं । नेप्सेले साताको अन्तिम दिन विहीबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । अघिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९४ अंकले घटेर २ हजार ८४ दशमलव ९ विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०३ प्रतिशत घटेको छ।

    विहीबार ९१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४१ कम्पनीको शेयर मुल्य घटेको छ भने १५ कम्पनीको शेयर मुल्य स्थिर छ ।  

    आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार सामलिङ पावरको ९.९९ प्रतिशतले बढेको छ । मिड सोलु हाइड्रोपावरको ८.७९ प्रतिशतले बढेको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको  ८.१२ प्रतिशतले बढेको छ । 

     

     


    images
    images

    Logo