images
images

पुसमहिनामा २९ अर्ब २६ करोड बराबरको स्रोत सहमति, कुनको लागि कति ?


  • 311
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    पुसमहिनामा २९ अर्ब २६ करोड बराबरको स्रोत सहमति, कुनको लागि कति ?

    काठमाडौं । सरकाले पुसमहिनामा २९ अर्ब २६ करोड बराबरको स्रोत सहमति प्रदान गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको विवरण अनुसार पुसमहिनामा २९ अर्ब २६ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको जनाएको हो । 

    सो मध्ये सवैभन्दा धेरै कृषि तथा पशुपंक्षी मन्त्रालयलाई रासायनिक मल खरिदका लागि स्रोत सहमति प्रदान गरेको छ । जसको लागि १५ अर्ब १८ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । 

    त्यस्तै, सिंहदरबार ग्यालरी बैठकको रेट्रोफिटिङको लागि ६० करोड रुपैयाँ र श्रीमहल भवन पुनर्निर्माण कार्यका लागि २० करोड रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ । यो शहरी विकास मन्त्रालयले पाएको हो ।

    यसैगरि, एनइएलआइएस र मेरोकित्ता प्रणाली लागु हुन बाँकी ७६ वटा नापी कार्यालयका लागि उक्त प्रणाली सञ्चालन गर्न ३ करोड ९८ लाख ९३ हजार रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ । यो भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले पाएको हो ।

    त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुष्पलाल मध्येपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–राकाथुम सडक रामेछापका लागि १ अर्ब ७ करोड रुपैयाँ, राकाथुम दोलालघाट सडकको लागि १ अर्ब ६० करोड र कट्ञ्जे –जलजले –खहरे बजार–सल्यानटार–आरुघाट सडकको लागि २ अर्ब ८८ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ भने पुष्पलाल मध्येपहाडी राजमार्ग मालढुङ्गा बाग्लुङ बजार सडकको लागि ६० करोड रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ । 

    मदन भण्डारी राजमार्ग अन्तर्गत लिवाङ्–माडीचौर– घर्तिगाँउ–पातीहाल्ने–नागचौर सडकको लागि ४ अर्ब ५० करोड रुपैयाँ र बडीचौर– गुटु कर्णाली सडकको लागि २ अर्ब ६० करोड रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ । 

     


    images
    images

    Logo