काठमाडौं । सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ मूल्यका दरले सो बराबरको आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सुपर खुदी हाइड्रोपावरका वरिष्ठ आयोजना प्रबन्धक रवि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।