images
images

फागुन २ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै सिंगटी हाइड्रो


  • 373
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    फागुन २ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै सिंगटी हाइड्रो

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापँुजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 

    यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

     


    images
    images

    Logo