images
images

१९ लाख ४६ हजार कित्ता आईपीओ जारी गर्दै पुवा खोला–वान हाइड्रो


  • 508
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    १९ लाख ४६ हजार कित्ता आईपीओ जारी गर्दै पुवा खोला–वान हाइड्रो

    काठमाडौं ।  पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूको लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो । 

    आईपीओ जारी गर्नका लागि कम्पनीको लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।


    images
    images

    Logo