images
images

नयाँ स्टक एक्स्चेञ्जको आवस्यकताबारे अध्ययन गर्न समिति गठन


  • 365
    SHARES
  • २०८० माघ १० गते बुधबार

    नयाँ स्टक एक्स्चेञ्जको आवस्यकताबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं । नयाँ स्टक एक्स्चेञ्जको आवस्यकताबारे अध्ययन गर्न समिति गठन गरिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

    बैठकले अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य सदस्यहरू रहनेगरि  समिति गठन गरेको छ । नेपालको पुँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी एकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गरि ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समय दिइएको छ । 

    नेपाल धितोपत्र बोर्डले गत वर्ष २ असोज २०७९ मा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने कम्पनीहरुबाट आवेदन खुला गरेको थियो । तर, यो प्रक्रिया अघि बढेसँगै विवाद भएको थियो । यो मुद्दा अदालतसम्म पुगेको थियो । अदालत र प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति प्रक्रिया अगाडि बढाउन ग्रिन सिग्नल दिइसकेको अवस्थामा गत वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।


    images
    images

    Logo