images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट 


  • 366
    SHARES
  • २०८० माघ १० गते बुधबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट 

    काठमाडौं ।  आज शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अंकले घटेर २ हजार ८८ दशमलव ४ विन्दुमा पुगेको छ । आज कारोबार आएका ३ सय ११ स्क्रिपको ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५३ कम्पनीको शेयर मुल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावर कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको १२ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावर रहेका छन् । त्यस्तै, गुराँस लघुवित्त वित्तीयको शेयर मुल्य ६.०८ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मुल्य ६.०८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo