काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.४० अंकले घटेर २ हजार ९८ दशमलव २९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको ४ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयरमुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । य कम्पनीको ५५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज अपि पावरको १८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स रहेको छ । त्यस्तै, नेपाल ल्युब आयलको ९.९९ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ९.९२ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ९.८८ प्रतिशतले बढेका छन् ।



