काठमाडौं । शेयर बजार आज पनि घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो। पछिल्ला ५ कारोबार दिनदेखि २१सय विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से, यस दिन भने २१ सय भन्दा तल बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४९ अंकले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको १ करोड ८० लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ९ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावर कम्पनीको ३१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार अपर साङ्गे हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको ९.४६ प्रतिशतले बढेको छ । आशा लघुवित्तको शेयर मुल्य ६.६९ प्रतिशतले बढेको छ ।



