images
images

बिपद् व्यवस्थापनमा चाँगुनारायण उपत्यकाकै अव्वल, अन्य नगरपालिकाले पनि अनुसरण गर्नुपर्ने  


  • 348
    SHARES
  • २०८० माघ ६ गते शनिबार

    बिपद् व्यवस्थापनमा चाँगुनारायण उपत्यकाकै अव्वल, अन्य नगरपालिकाले पनि अनुसरण गर्नुपर्ने  

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकाकै अव्वल ठहरिएको छ । नगरपालिकादेखि सबै वडामा बिपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिसकेको नगरपालिकाले विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तलिम दिएर तयार गरेको छ । 

    बिपद् व्यवस्था ऐन समेत निर्माण गरिसकेको नगरपालिकाले जुनसुकै वेला आइपर्ने बिपद्का समयमा आर्थिक समस्या नहोस भनेर नगरपालिकाले तीन करोड रुपैया रासीको बिपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको नगर प्रमुख जीवन खत्रीले बताए । नगर प्रमुख खत्रीका अनुसार, विपद्बाट हुने क्षति कम भन्दा कम गर्ने उदेश्यले रणनीतिक कार्ययोजना निर्माण गरिएको छ भने गाउँ वडातहसम्म पनि तालिमको व्यवस्था गरिएको छ । 

    त्यस क्रममा बिभिन्न संघ संस्था, बिद्यालय तथा सहकारीका सदस्यहरुलाई समेत बिपद् न्युनिकरण तालिम दिन थालिएको नगर प्रमुख खत्रीले बताए । बिपद् व्यवस्थापनकै लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा योजना अघि बढाएको छ । त्यसै क्रममा चाँगुनारायण नगरपालिकाले २६ औं भुकम्प सुरक्षा दिवसका अवसर पारेर बिपद् जोखिम न्युनिकरणमा सञ्चारकर्मीको भूमिक बिषयक कार्यशालाको आयोजना गरेको छ । 

    419917945.jpg

    सुडालस्थित रत्नागिरी रिर्सोटमा शुक्रवार आयोजित कार्यशालाको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बिपद् न्युनिकरणमा सचेतना अभिबृद्धी गरेर मिडियाले सबैलाई सजग गरिरहेको बताए । बिपद्का समयमा उद्धार तथा राहतका लागि कामगर्ने स्वयंसेवक दस्ता तयार गर्न लागेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकामा आगलागी, सडक दुर्घट्ना, बाढी पहिरो र भुकम्पको जस्ता बिपद्को सबै भन्दा बढी जोखिम रहको जानकारी दिए । 

    भाइरल हुने होडमा गलत सूचना संप्रेशण भएमा समाजमा पत्रकारिता क्षेत्रको गरिमा घट्ने बताउँदै  प्रमुख प्रशासकीय अधिकृत पन्थीले जनतालाई सहि सूचना प्रदान गर्ने कार्यमा सञ्चारकर्मीसंग सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको बताए । पछिल्लो समय चाँगुनारायण नगरपालिकाले  बिपद्लाई ध्यान दिएर विकास निर्माण कार्य अघि बढाएको पन्थीको भनाई थियो । 

    कार्यक्रममा बोल्दै वडाअध्यक्ष सोम प्रधानले चाँगुनारायणका ५, ६, ७ र ८ नं. वडामा बढी बिपद्को जोखिम रहेको बताउँदै यस कार्यक्रममा प्राप्त हुने सुझावका आधारमा बिपद्का क्षेत्रमा आगामि वर्षको कार्यक्रम तयार गरिने बचन दिए । पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष शुन्दर सिल्पकारले सञ्चारकर्मीको सकारात्मक झक्झक्याईका कारण बिपद् जोखिम न्युनिकरणमा सहयोग पुगेको बताए । 

    कार्यशालामा कार्यपत्र प्रस्तुतगर्दै सञ्चारकर्मी पुष्करराज बुढाथोकीले बिपद्का समयमा पत्रकारले संयमित भई पहिले आफु सुरक्षित रहेर जनतामा सहि सूचना पु¥याउँनु पर्ने बताए । कार्यक्रममा चाँगुनारायण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका बिपद् बिज्ञ दिनेश थापाले नगरपालिकाले बिपद् व्यवस्थापनका क्षेत्रमा गरेका कार्यका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

    420024331_18.jpg


     
    सोहि अवसरमा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले सप्तकोसीको बाँध फुट्दादेखि २०७२ सालको भुकम्प तथा गत कातिकमा जांजरकोटमा गएको भुकम्पका समयमा गरिएका स्थलगत रिर्पोटिङका बारेमा जानकारी दिएका थिए । कार्यशालाकै अवसरमा पत्रकारलाई तीन समुहमा बिभाजन गरेर बिपद पूर्वको अवस्था, बिपद् हुंदा र बिपद् पछिको अवस्थामा के–कस्ता बिषय उठान गरेर बिपद् न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । 

    कार्यशालामा सञ्चारकर्मी रमेश गिरी, उज्वल झा,  सुरेश सैजु, शंकर अर्याल, रेणु तोयनावासु लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए भने नेपाल रेडक्रस सोसाइटीका उप निर्देशक  शिवराम गौतमले चाँगुनारायण नगरपालिकाजस्तै अन्य नगरपालिकालाई समेत बिपद्का क्षेत्रमा काम गर्नका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले झक्झक्याउँनु पर्नेमा जोड दिएका थिए ।

    416640134.jpg


    images
    images

    Logo