images
images

भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न हिमालयन रि इन्स्योरेन्सलाई बाटो खुल्यो, आईआरडीएआईले दियो स्वीकृति


  • 421
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न हिमालयन रि इन्स्योरेन्सलाई बाटो खुल्यो, आईआरडीएआईले दियो स्वीकृति

    काठमाडौं । । नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय लिन बाटो खुलेको छ । हिमालयन रिलाई रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आईआरडीएआई) ले एफआरएन नम्बर प्रदान गरेको छ । सो नम्बर पाएसँगै अब भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।

     हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । योसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको छ।

    हिमालयन रि इन्स्योरेन्सले स्थापननको छोटो समयमा नै ३१ वटा देशहरुमा व्यवसाय विस्तार गरेको छ ।  हिमालयन रिले केही समय अघि मात्रै सर्वसाधारणमा आइपीओ निष्कासन गरि धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ ।

    नेपालमा हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरी दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । दुबै कम्पनीले जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने काम गर्दछन् । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यी दुई पुनर्बीमा कम्पनीले बहन गर्दछन् । जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुगेको छ ।


    images
    images

    Logo