images
images

ललितपुरका यी स्थानमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने


  • 312
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    ललितपुरका यी स्थानमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

    काठमाडौं । आज ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

    गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ । काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुनसक्ने पनि प्राधिकरणले जनाएको छ ।

    nea.jpg

     


    images
    images

    Logo