images
images

हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोपावरको बुक क्लोज मिति तय


  • 2.4K
    SHARES
  • २०८० माघ ४ गते बिहीबार

    हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोपावरको बुक क्लोज मिति तय

    काठमाडौं । काठमाडौं । हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

    त्यसकारण माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै यस कम्पनीले निष्काशन गर्ने शतप्रतिशत हकप्रद शेयर भर्न पाउनेछन् ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको शत प्रतिशत अर्थात १ कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

     


    images
    images

    Logo