images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 


  • 447
    SHARES
  • २०८० माघ ४ गते बिहीबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 

    काठमाडौं ।  साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि निरन्तरता दिएको हो । 

    आज कारोबारमा आएका २ सय ९८ स्क्रिपको ८ अर्ब १७ करोड रुपैयाँ बराबरको २ करोड ११ लाख कित्ता शेयर किनबेच भएको छ । यस दिन कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार १ सय १२ कम्पनीको शेयर मूल्यमा बढेको छ । १ सय ३३ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनकिो आज १ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ३० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा रिडी पावर कम्पनी, सिनर्जी पावर कम्पनी, माहुली लघुवित्त र गणपती लघुवित्त वित्तीय रहेको छ । सीइडिबी हाइड्रोपावरको ९.८५ प्रतिशतले बढेको छ ।  

     


    images
    images

    Logo