images
images

३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै कैलाश हेलिकप्टर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 


  • 439
    SHARES
  • २०८० माघ ३ गते बुधबार

    ३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै कैलाश हेलिकप्टर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

    काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आफ्नो जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    बुधवार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    ३ करोड ५० लाख रुपैयाँ शेयर पुँजी बराबरको १०० रुपैयाँ अंकित दरको शेयर प्रचलित कानूनको अधीनमा रही सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । 


    images
    images

    Logo