काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला २ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अंकले घटेर २ हजार १ सय ६३ दशमलव ६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय स्क्रिपको ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको ३ करोड ३५ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ८ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन कारोबारमा आएका १३ उपसमूहका ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.५१ प्रतिशतले घटेको छ।
बुधबार कारोबारमा आएका ६३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८० कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज ६५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनी रहेका छन् । हिमालयन रि–इन्स्योरेन्सको ९.९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।



