images
images

२८ लाख ५ हजार कित्ता आईपीओ जारी गर्दै लोवर इर्खुवा हाइड्रोपावर, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल


  • 470
    SHARES
  • २०८० माघ ३ गते बुधबार

    २८ लाख ५ हजार कित्ता आईपीओ जारी गर्दै लोवर इर्खुवा हाइड्रोपावर, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

    काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख पाँच हजार ७५० थान साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    कम्पनीले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँमा आईपीओ निष्कासन गर्न मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

    लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडको रजिस्टार्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


    images
    images

    Logo