images
images

५४ अंकले बढ्यो नेप्से, कारोबार रकम करिब २ वर्ष यताकै उच्च


  • 526
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    ५४ अंकले बढ्यो नेप्से, कारोबार रकम करिब २ वर्ष यताकै उच्च

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आइतबार बढेर बन्द भएको नेप्से, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

    मंगलबार ५४.५४ अंकले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको ८ अर्ब २ करोड रुपैयाँ बराबरको २ करोड ३३ लाख कित्ता शेयर किनबेच भएको छ । करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको हो। यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिन नै ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २ सय १४ कम्पनीको शेयर मूल्य बढेको छ । ३१ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आइतबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, निफ्राको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बुटवल पावर, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (निफ्रा) र नेपाल वेयरहाउसिङ कम्पनी रहेका छन् । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर र घलेम्दी हाइड्रोको ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरि ३ कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo